जोडिनुहोस
मङ्लबार, असार २३, २०८३
मङ्लबार, असार २३, २०८३
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सद्वारा ४ अर्ब रुपैयाँ बीमाशुल्क संकलन

एनएलजी इन्स्योरेन्सद्वारा ४ अर्ब रुपैयाँ बीमाशुल्क संकलन

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल ४ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गर्दै आफ्नो व्यवसायलाई थप सुदृढ बनाएको छ।

कम्पनीले यो उपलब्धिले निर्जीवन बीमा व्यवसाय विस्तारसँगै ग्राहकको विश्वास, सेवा गुणस्तर र प्रभावकारी जोखिम व्यवस्थापनप्रतिको आफ्नो प्रतिबद्धता झल्काएको उल्लेख गरेको छ।

एनएलजी इन्स्योरेन्सले देशभर आफ्ना शाखा सञ्जालमार्फत सर्वसाधारण तथा व्यवसायिक क्षेत्रलाई निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले बीमाको पहुँच विस्तार, छिटो र सहज दाबी भुक्तानी, प्रविधिमैत्री सेवा तथा ग्राहकमैत्री कार्यशैलीलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार सुदृढ वित्तीय अवस्था, दक्ष जनशक्ति, प्रभावकारी पुनर्बीमा व्यवस्था, सुशासन र पारदर्शी व्यवस्थापन प्रणालीले व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन्।

एनएलजी इन्स्योरेन्सले आगामी दिनमा पनि नवीन बीमा सेवा विकास, वित्तीय समावेशीकरण प्रवद्र्धन तथा गुणस्तरीय सेवा प्रदान गर्दै नेपालको निर्जीवन बीमा क्षेत्रको विकासमा सक्रिय योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?