जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंकले निक्षेपमा त्रैमासिक रुपमा मात्र ब्याज दिन पाउने

बैंकले निक्षेपमा त्रैमासिक रुपमा मात्र ब्याज दिन पाउने

वाणिज्य बैंकहरुले निक्षेपमा त्रैमासिक रुपमा मात्र ब्याज दिन पाउने भएका छन् । धेरै निक्षेप संकलन गर्नकै लागि बैंकहरुले संस्थागत निक्षेपकर्ता र केही ठूला व्यक्तिगत निक्षेपकर्तालाई दैनिक र मासिक रुपमा पनि ब्याज प्रदान गर्दै आएका थिए ।

नेपाल बैंकर्स संघले त्यो प्रवृति नियन्त्रण गर्न भन्दै निक्षेपमा त्रैमासिक रुपमा मात्र ब्याज प्रदान गर्ने निर्णय गरेको हो । बैंकर्स संघका अध्यक्ष सुनिल केसीका अनुसार निक्षेपमा त्रैमासिक रुपमा मात्र ब्याजदर भुक्तानी गर्ने सहमति भएको छ । बैंकहरुबीचको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न उक्त सहमति गरिएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गरेको ब्याजदर भन्दा दुई प्रतिशत विन्दु कम मात्र संस्थागत मुद्दती निक्षेपमा दिन पाइन्छ । तर बैंकहरुले संस्थापक निक्षेपकर्तालाई आफ्नो बैंकमै टिकाइ राख्न दैनिक रुपमा ब्याजदर भुक्तानी गर्दै आएका थिए । यसो गर्दा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजभन्दा दुई प्रतिशत विन्दु कम मात्र ब्याज संस्थागत मुद्दती निक्षेपमा दिनुपर्ने राष्ट्र बैंकको निर्देशन उल्लंघन हुँदै आएको थियो ।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?