जोडिनुहोस
शुक्रबार, असार २६, २०८३
शुक्रबार, असार २६, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माविलाई पानी ट्याङ्की र वाटर प्युरिफायर सहयोग

कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माविलाई पानी ट्याङ्की र वाटर प्युरिफायर सहयोग

कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ। बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर–१ का वडा अध्यक्ष दिनेश खत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।विद्यालयमा खानेपानी आपूर्तिका लागि डिप बोरिङ प्रणाली जडान गरिएको भए पनि पानी शुद्धीकरणको व्यवस्था नहुँदा विद्यार्थी तथा शिक्षकहरूले स्वच्छ खानेपानी उपभोग गर्न कठिनाइ भोग्दै आएका थिए। सोही आवश्यकतालाई सम्बोधन गर्दै बैंकले पानी ट्याङ्की र इलेक्ट्रिक वाटर प्युरिफायर उपलब्ध गराएको जनाएको छ।

कार्यक्रममा वडा अध्यक्ष खत्रीले विद्यालयको आवश्यकता पहिचान गरी सहयोग गरेकोमा बैंकप्रति आभार व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर भक्त सुनारले बैंकको सहयोगबाट विद्यार्थी तथा शिक्षकहरूले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने तथा यसले स्वस्थ शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको आवश्यकता पहिचान गरी यस्ता सहयोगात्मक कार्यक्रममार्फत समुन्नत समाज निर्माणमा योगदान गर्न पाएकोमा खुशी व्यक्त गरे। कार्यक्रममा बैंकका कर्मचारी, वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्व तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?