जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी लाइफले वैशाख २५ मा विशेष साधारणसभा गर्दै

महालक्ष्मी लाइफले वैशाख २५ मा विशेष साधारणसभा गर्दै

महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुँजी वृद्धिको प्रस्ताव पारित गर्न वैशाख २५ गते विशेष साधारण सभा गर्ने भएको छ। सभा कमलपोखरीस्थित होटल हुकुम दरबारमा बिहान ११ बजेपछि आरम्भ हुनेछ।

सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब र जारी पुँजी ३ अर्ब रुपैयाँ पुर्‍याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सोही बमोजिम  कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्नेछ।

यस्तै, सभामा पुँजी वृद्धि भए बमोजीम सर्वसाधरणलाई छुट्याइएको सेयर सार्वजनिक निष्कासनको प्रस्ताव पनि पारित हुनेछ। सभाले  इन्स्योरेन्सलाई र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने लगायतका एजेण्डा पनि स्वीकृत गर्नेछ।

5575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका