
बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा प्रहरीले बुटवलका शशी शर्मा पौडेललाई पक्राउ गरेको छ । एक निश्चित उद्देश्यका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अन्यत्रै अर्थात् फरक कार्यमा प्रयोग गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले पौडेललाई पक्राउ गरिएको पुष्टि गर्दै उनीमाथि कर्जा दुरुपयोगसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । बैंकको ऋण जुन प्रयोजनका लागि स्वीकृत भएको हो, सोही क्षेत्रमा लगानी नगरी अन्य काममा लगाएको पाइएपछि सीआईबीले उनलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको हो । हाल पौडेलमाथि सीआईबीले विस्तृत अनुसन्धान जारी राखेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































