जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • जनता क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

जनता क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारण सभा संचालक समितिका अध्यक्ष सुजित कुमार शाक्यको सभापतित्वमा सम्पन्न भएको छ । मर्चेन्ट बैंकरहरुमध्ये आ.व. २०७५÷७६ को साधारण सभा सबैभन्दा पहिला सम्पन्न गर्न जनता क्यापिटल सफल भएको छ ।

साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले आ.व. २०७५÷७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५÷७६ को वित्तीय विवरणहरु, आ.व. २०७६÷७७ को लागि लेखापरीक्षकको नियुक्ती, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

जनता क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टे«शन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवं नियमनकारी व्यवस्थाहरु बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्न इजाजत प्राप्त संस्था हो ।

12165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका