जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले किन्यो भिवोर क्यापिटल

मुक्तिनाथ विकास बैंकले किन्यो भिवोर क्यापिटल

भिवोर क्यापिटलको नाम परिवर्तन गरेर मुक्तिनाथ क्यापिटल बनाइएको छ। मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटलको चुक्ता पूँजीमा ५८ प्रतिशत शेयर लगानी गरेपछि नाम परिवर्तन गरिएको हो।

बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजीबजार (मर्चेण्ट बैंकिङ्ग) प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरेको हो।

समावेशी वित्तीय सेवाको अलावा कृषि र पूँजीबजार क्षेत्रमा पनि उत्कृष्ठ सेवा प्रदान गर्ने बैंकले लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ। क्यापिटलको पूँजी २० करोड रुपैयाँ छ।

तत्कालिन भिवोर बैंकअन्तर्गत यो क्यापिटल थियो। क्यापिटलले गरेको लगानी डुब्दै गएपछि यो बन्दजस्तै भएको थियो। कम्पनीका अध्यक्ष भरत ढकालले चाँडै कम्पनीले पूँजी बजारमा इकाइहरु निष्काशन गर्ने जानकारी दिए।

11920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका