जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • रविना श्रेष्ठ मेगा बैंकको डेपुटी सिइओमा बढुवा

रविना श्रेष्ठ मेगा बैंकको डेपुटी सिइओमा बढुवा

मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त (बढुवा) भएकी छिन्। रविना मेगा बैंकमा नायव महाप्रबन्धक थिइन्।

मेगा बैंक स्थापनादेखि उनी त्यहाँ छिन्। नबिल बैंक छाडेर उनी मेगा गएकी थिइन्। ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने रविनाले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी थिइन्।

रविनाको अध्ययन पनि कलकत्तामै भएको हो। श्रेष्ठ त्यसपछि तत्कालिन ग्रिण्डलेज बैंक (अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक) मा आइन्। त्यहाँ उनले १३ बर्ष काम गरेकी थिइन्। त्यहाँ उनले ‘इन्ट्री लेभल’ बाट करियर सुरु गरेकी थिइन्।

चार्टर्ड छोडेर उनी नबिल बैंकमा आइन्। नबिलमा उनले ६ बर्ष सात महिना बिताएकी थिइन्। नबिलपछि खुल्न लागेको मेगा बैंक नेपालमा अनिल शाह (नबिल बैंकका सिइओ), अनुपमा खुँञ्जेली (मेगा बैंककी सिइओ) सँगै गएकी थिइन्।

बैंकिङ क्षेत्रमा रविनाले २९ बर्ष बिताइसकेकी छिन्। उनले मानार्थ डाक्टर उपाधि पनि पाएकी छिन्।

14085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्