जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • प्राइम बैंकको १६% बोनस शेयरको घोषणा

प्राइम बैंकको १६% बोनस शेयरको घोषणा

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर प्रदान गर्ने घोषणा गरेको छ। सोमबारको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो।
बैंकले गत वर्ष पनि १६ प्रतिशत नै बोनस शेयर दिएको थियो। बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति हुनु पर्नेछ। राष्ट्र बैंकले स्वीकृति दिए बैंकले साधारणसभा बोलाउने छ।

बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रूपैंयाँ छ। बोनस शेयरबाट एक अर्ब ५४ करोड रूपैंयाँ वितरण गरे पछि ११ अर्ब २३ करोड रूपैंयाँ कायम हुनेछ। बैंकले गत वर्ष दुई अर्ब ३६ करोड रूपैंयाँ छ। जसमध्ये लाभांश बाँड्न योग्य नाफा एक अर्ब ६० करोड रूपैंयाँ थियो। यसै नाफाबाट बैंकले बोनस शेयर दिएर पुँजी बढाउने भएको हो।

बैंकले विगतका वर्षमा नगद भन्दा पनि बोनस शेयरलाई नै प्राथमिकता दिदै आएको छ। पुँजी बृद्धि योजनापछि बैंकले एकपटक ३३ प्रतिशत हकप्रद निष्काशन गर्‍यो। यसबाहेक वर्सेनि बोनस शेयर दिएर पुँजी बढाउँदै आएको छ।

 

11200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका