सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सुनसरी स्थित खनारमा १२६औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर श्री द्घारिका लाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो ।
सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीम बहादुर पौडैल, शारदा शर्मा पुडासैनी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा ए.टि.एम को उद्घाटन गर्नुभयो । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो।
हालसम्म सन््राइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४६ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरm संचालन गर्ने योजना रहेको जनाएको छ ।