जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • २० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

२० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले यहि वैशाख ७ गते विहीबार २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८४ ’ट’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । उक्त विकास ऋणपत्रको बोलकबोल वैशाख ७ र निष्कासन वैशाख ८ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

यो विकास ऋणपत्र ४ वर्षे अवधिको हुनेछ । वैशाख ८ गते शुक्रबार निष्काशन मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८४ वैशाख ८ गते हुनेछ । केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सर्वसाधारण लगानीकर्ताबाट भने विगतमा विकास ऋणपत्र खरीदमा खासै चासो देखाएको देखिँदैन ।

इच्छुकले वैशाख ७ गते बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् ।

850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका