जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकको ऋणपत्र सूचिकृत

माछापुच्छ्रे बैंकको ऋणपत्र सूचिकृत

माछापुच्छे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५% व्याजदर सहित प्रति ऋणपत्र रु.१,००० कायम भएका उक्त ऋणपत्र २०७६/०८/१८ गते देखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो ।

ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा माछापुच्छे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गर्नुभएको थियो । सूचिकरण पछि १० बर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज मार्पmत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

माछापुच्छे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७१ वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

14755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका