जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • ‘बैकका कर्मचारीले चेक मात्रै दिए, नाेटकाे बिटाे दिए भने के गर्ने ?: गभर्नर

‘बैकका कर्मचारीले चेक मात्रै दिए, नाेटकाे बिटाे दिए भने के गर्ने ?: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले अहिलेको बैंकिंङको चुनौती साइबर सुरक्षा रहेको बताएका छन् । नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर नेपालले साइबर सुरक्षामा नेपाल धेरै पछाडी रहेको बताएका हुन् । सुरक्षामा पछाडी रहेको कै कारण बेलाबेलामा विभिन्न घटना भईरहेको र सामान्य भन्दा सामान्य कुरामा पनि समस्या आएको उनले बताए । उनले भने ‘ बैकहरूमा स्टाफले नै अरूकाे चेकबुक दिन्छन, पहिले हामीले सुधार गरौ, एकैपटक धेरै गर्नुपर्ने अवस्था आएकाे छ ।’

उनले आगामी माघ १ गते बाट बाणिज्य बैंकहरुलाई तथा विकास बैक र फाइनान्सहरुलाई असार १ गतेबाट सम्पत्ति सुद्धिकरण निवारण अनिवार्य हुने बताए । उनले प्रश्न गर्दै भने ‘ बैकका कर्मचारीले चेक मात्रै दिए, नाेटकाे बिटाे दिए भने के गर्ने ?’

ब्याजदर र टेक्नाेलाेजीको चुनौती देखिएर नै मर्जरको कुरा गरेको उनले बताए। उनले भने ‘धेरै बैंक हुँदा पैसा पनि धेरै तिर छरिन्छ र खर्च बढेर ब्याजदर पनि बढ्छ , बैंक मर्जमा गए यो कुरो एडजस्ट हुन्छ ‘ ।

उनले विश्वकाे बैकिङ फाेरममा जाँदा नेपालकाे बैकिङकाे कुरा गर्न पनि लाज लाग्ने गरेको बताए । उनले भने ‘ यहाँ सिइओहरू हुनुहुन्छ टाइ सुट लगाउनुभएकाे छ राम्राे हुनुहुन्छ तर विदेशी फाेरममा जाँदा नेपालमा सुरू नै नभएकाे विषयमा कुरा हुन्छ त्यसैले त्यस्ताे कार्यक्रममा सहभागी हुन लाज लाग्छ ।’ उनले आफु मात्र नभई डेपुटी गभर्नर र अन्य विभागिय प्रमुखहरू पनि विश्वकाे बैकिङ फाेरममा जान नाम्माने गरेको बताए ।

10530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?