जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ढकालले महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने

ढकालले महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने

नेपालकै सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा व्यवसायी चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बाग्लुङ उद्योग वाणिज्य संघको आयोजनामा बाग्लुङमा सुरु भएको बाग्लुङ महोत्सवको उद्घाटन समारोहमा उनले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

हालको विधान अनुसार महासंघको बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यही विधानमा टेकेर शेखर गोल्छालाई अध्यक्ष बनाईदै छ । यही व्यवस्थाका कारण महासंघको बरिष्ठ उपाध्यक्षमा हुने चुनावी भीडन्त भावी अध्यक्षका रुपमै हेरिने गरेको छ ।

9650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका