जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

मेगा बैंक नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

देशका बिभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक बिक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी विशाल सिंहले सेनालाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरी बैंकिङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराइदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली सेनाका बिभिन्न दर्जाका एक सय जनाको सहभागिता थियो ।

7485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?