जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल ग्यासले उपत्यकाका ६ वटा चोकमा राखेर ग्यास बेच्ने

नेपाल ग्यासले उपत्यकाका ६ वटा चोकमा राखेर ग्यास बेच्ने

नेपाल ग्यासले अति समस्यामा परेका ग्राहकलाई उपत्यकाका विभिन्न स्थानबाट ग्यास बिक्री गर्ने भएको छ। बालाजु औद्योगिक क्षेत्रको गेटबाट ग्यास बिक्री गर्दै आएको कम्पनीले उपत्यकाको विभिन्न स्थानमा मिति तोकेर नै ग्यास बेच्न लागेको हो।

कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताले खाना पकाउनै नपाएको अवस्थालाई ध्यानमा राखेर ग्यास बिक्री गर्न लागेको जानकारी दिए। ‘हामीले डिलरमार्फत पनि ग्यास पठाइरहेका छौं। तर उपभोक्ताले ग्यास नपाएको भन्दै उद्योग परिसर बालाजुमै आउन थाले,’ उनले भने, ‘वैकल्पिक व्यवस्थाको रूपमा उपत्यकाको विभिन्न स्थानमा ग्यास बिक्री गर्न लागेका हौं।’

उनका अनुसार चाबहिल चोक र वाफल चोकमा चैत १९ गते बुधबार ग्यास बिक्री गरिनेछ। सुरक्षाकर्मीको समन्वयमा त्यो क्षेत्रमा ५ सय ६० वटा सिलिण्डर ग्यास बिक्री गरिने उनले बताए। त्यसैगरि कोटेश्वर र बानियाँटार चोकमा बिहीबार ग्यास बिक्री गरिने छ।

भनिमण्डल चोक र महाराजगंज चोकमा शुक्रबार ग्यास बिक्री गरिने उनले बताए। सबै क्षेत्रमा ५ सय ६० सिलिण्डर ग्यास बिक्री हुने बताउँदै उनले सुरक्षाकर्मीले त्यति संख्याका उपभोक्तालाई मात्रै लाइनमा राख्ने बताए।

9955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका