जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • लक्ष्मी बैंकले दियो सरकारी कोषलाई एक करोड

लक्ष्मी बैंकले दियो सरकारी कोषलाई एक करोड

लक्ष्मी बैंकले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले स्थापना गरेको कोषहरुमा आर्थिक सहयोग गरेको छ। बैंकले कुल एक करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो।

बैंकले एक करोड रुपैयाँमध्ये ३० लाख रुपैयाँ संघीय सरकारी कोषमा दिने निर्णय गरेको छ। बाँकी सात वटा प्रदेशलाई १० लाख रुपैयाँका दरले दिने निर्णय गरेको छ।

सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै महामारीबाट नियमित आर्थिक गतिविधि सञ्चालन नभएका कारण प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति तथा परिवारलाई राहत मिल्ने बैंकले जनाएको छ।

नियमित बैंकिङ सेवाका अतिरिक्त बैंकको सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिने बैंकले जनाएको छ।

8225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका