जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • एसियन डेभेलपमेन्ट बैंकको ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकले पायो

एसियन डेभेलपमेन्ट बैंकको ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकले पायो

एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंक को उपाधि बाट लक्ष्मी बैंकलाई सम्मानित गरेको छ । सो उपाधि एडिबी को ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ जसमा एडिबी सँग को सहकार्य मा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।

एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले बिभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरुसँग कारोबार गरी सबै भन्दा सकृय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ । एडिबी को ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापान को सुदृधिकारण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको छ ।

हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअलु गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंक लाई प्रदान गरिएको थियो । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए जसमा २५ बैंक हरुलाई २० वटा श्रेण्ीामा विभिन्न उपाधिहरु द्वारा सम्मानित गरिएको थियो ।

4485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका