
बीमा कम्पनीहरुको लगानीका लागि आवश्यक सम्पत्ति गणनाको निर्देशिका परिमार्जन गरेको छ । बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५मा कुल टेक्निकल रिर्जभलाई सहज बनाउन यो निर्देशिका जारी गरेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले बताए ।
यसअघि बीमा कम्पनीहरुले लगानी गरी सोल्भेन्सी मार्जिनमा गणना गर्नका लागि समितिसँग अनुमित लिनुपर्ने हुन्थ्यो उनले भने । तर, समितिले आईतबार सर्कुलर जारी गर्दै कोषको रकम बाणिज्य बैंकमा मुद्दति निक्षेपमा राखेर सोल्भेन्सी मार्जिनमा गणना गर्न मिल्ने बनाएको छ ।
बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५ मा कूल टेक्निकल रिजर्भलाई आधार मानेर सोको सीमाभित्र लगानी गर्नुपर्ने व्यवस्था भएको र निर्देशिकामा तोकिएको सीमाभन्दा बढि भएकोमा समितिको पूर्व स्वीकृति लिई मात्र लगानी गर्न सकिने व्यवस्था रहेको समितिद्वारा जारी सर्कुलरमा भनिएको छ ।यसभन्दा पहिला बीमा कम्पनीलाई आफ्नो ‘टेक्निकल रिजर्भ’ कोषको रकम वाणिज्य बैंकमा राख्न बीमा समितीको अनुमती लिनु ब्यवस्था रहेको थियो । अब आफुखुसी क वर्गका वाणिज्य बैंकमा उक्त रकम राख्न पाउने छन् ।
बीमा कम्पनी (नयाँ) को प्रविधिक रिजर्भ कोष सानो हुनेहुनाले उनीहरुको सम्पत्ति गणनाको लागि हरेक पटक बीमा समितिबाट स्विकृती लिनु पर्ने व्यबस्थालाई सहज बनाएको उनले बताए । उनले भने, ‘उक्त प्रविधिक रिजर्भका लागि आवश्यक पर्ने सम्पत्ति अब बाणिज्य बैंकहरुमा मुद्दती निक्षेपमा राखिए पनि सोल्भेन्सी प्रयोजनार्थ गणना योग्य सम्पत्तिमा समावेश हुनेगरि निर्देशिका जारी गरिएका छौं ।’
कोभिड १९ का कारण बीमा कम्पनीहरुको व्यापार कम हुँदै गएपछि ( नयाँ बीमा कम्पनी)हरुको सम्पत्ति पनि कम हुँदै गएको र उनीहरुलाई सम्पत्तिको पोर्टफोलियो व्यबस्थापन गर्न कठिन भइरहेको छ । अब बाणिज्य बैंकमा निक्षेपका रुपमा राखिएको ‘क’ वर्गका बैंकहरुको मुद्दति निक्षेपमा बीमकको आफ्नै निर्णय अनुसार लगानी गरेमा उक्त रकमलाई सोल्भेन्सी प्रयोजनार्थ गणना योग्य सम्पत्तिमा समितिले समावेश गरिदिने व्यबस्था गरेको उनले बताए ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































