जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयर खातामा

नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयर खातामा

नेपाल इन्भेष्टमेण्ट बैंकले १० दशमलव ५ प्रतिशत बोनस शेयर सदस्यहरुको आफ्नो बैंक खातामा जम्मा गरिदिएको छ । बैंकले आइतवार सुचना जारी गरि गत पुस २८ गते ३३ औं वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत गराएपश्चात बैंक खातामा जम्मा गरेको बताएको हो ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगराएकाहरुलाई यथासिघ्र गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न बैंकले आग्रह गरेको छ । पुस १३ गतेसम्म शेयर बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममानै रोक्का जनाई जम्मा हुने हुदाँ शेयर रोक्का रहे नरहेको यकिन गर्न समेत बैंकले भनेको छ ।

10875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?