जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सुन तोलाको १ लाख १ हजार ४०० पुग्यो

सुन तोलाको १ लाख १ हजार ४०० पुग्यो

सुनको मूल्यले तोलाको एक लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख १ हजार ४०० रूपैयाँ पुगेको छ।

यो अघिल्लो दिनभन्दा १ हजार ६०० रूपैयाँले बढेको हो। मंगलबार ९९ हजार ८०० मा आइपुगेको थियो। यसअघि आइतबार र सोमबार प्रतितोला ९९ हजार ६०० मा स्थिर थियो। साउन लागेयता लगातार बढेको सुनको भाउसँगै व्यवसायमा मन्दी झन चुलिएको छ।

कोरोनाको महाव्याधिले विश्व बजारमा पारेको असरसँगै सुनचाँदी महंगिएको हो। सुन महंगिदा व्यवसायीले नयाँ खरिदकर्ता पाउन कम भइसकेको छ। सुन किनेर गहना बनाउने घट्दा व्यवसायीले बैंकबाट उठाउने परिमाण घटाइसकेका छन्।

6765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?