जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • सिद्धार्थ इन्स्योरेन्सलेको नाफा ३० करोडभन्दा बढी

सिद्धार्थ इन्स्योरेन्सलेको नाफा ३० करोडभन्दा बढी

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ३० करोड २ लाख २० हजार खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा गत वर्ष कम्पनीले २२ दशमलव ६७ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष त्यस अवधिसम्म कम्पनीको नाफा रू. २४ करोड ४७ लाख ३४ हजार रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी रकम २६ प्रतिशत बढी रहेको छ । अघिल्लो वर्ष रू. ४१ करोड ३२ लाख ५१ हजार आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ५२ करोड १४ लाख ५६ हजार आम्दानी गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब र जगेडा कोष रकम रू. ३० करोड १३ लाख ५१ हजार रहेको छ । अघिल्लो वर्षको तुलनामा चुक्तापूँजी रकममा कुनै परिवर्तन देखिएको छैन भने जगेडा कोष रकम करिब ७६ प्रतिशत बढी कायम भएको हो

कम्पनीको बीमा कोष रकम पनि अघिल्लो वर्षभन्दा गत वर्ष २२ प्रतिशत बढी कायम भएको छ । अघिल्लो वर्ष रू. ६७ करोड ७४ लाख ४० हजार रहेको बीमाकोष रकम गत वर्ष रू. ८२ करोड ७५ लाख ५० हजार पुगेको छ ।

कुल बीमाशुल्क आर्जन रकम अघिल्लो वर्षभन्दा ७ प्रतिशत बढी रू. २ अर्ब १ लाख ३४ हजार संकलन गरेको कम्पनीले अघिल्लो वर्षभन्दा २० दशमलव ४२ प्रतिशत कम रू. ९२ करोड ४१ लाख ९१ हजार कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा सो अवधिसम्म १ लाख ३० हजार ५४६ बीमालेख जारी गरेको कम्पनीले गत वर्ष १ लाख ३२ हजार २३९ बीमालेख जारी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू.३० दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ रू. २२२ दशमलव ३८ रहेको छ ।

7475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका