जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल बैंकर्स संघका उपाध्यक्ष भटनागर बिदा भए

नेपाल बैंकर्स संघका उपाध्यक्ष भटनागर बिदा भए

नेपाल एसबीआइ बैंकको प्रमुख कार्यकारीको पदावधि सकेर अनुकुल भटनागर फिर्ता भएका छन्।

स्टेट बैंक अफ इण्डिया (एसबीआइ) का कर्मचारी रहेका भटनागर नेपालको कार्यकाल सकेर फिर्ता भएका हुन्।एसबीआइले नेपालको प्रमुख कार्यकारीमा भारतबाटै कर्मचारी पठाउँदै आएको छ। एसबीआइले प्रमुख कार्यकारीका साथै दोस्रो वरीयताका कर्मचारी पनि उतैबाट पठाउँदै आएको छ।

उनी नेपाल बैंकर्स संघका उपाध्यक्ष पनि हुन्। उनको अगुवाइमा संघले बैंकिङ क्षेत्रको खर्च कटौती कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेको थियो।

भटनागरको ठाउँमा दीपककुमार डे आउँदैछन्। उनी एसबीआइको नायव महाप्रबन्धक तहका हुन्। भटनागर प्रमुख नायव महाप्रबन्धक हुन्। भटनागरलाई एसबीआइले कुन ठाउँमा खटाउँछ भन्ने टुंगो लागिसकेको छैन।

6830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका