साउन ३० गतेदेखि लिलामी विक्री खुला भएको सहारा विकास बैंकको शेयरमा आवेदन दिने अवधि भदौ २३ गते सकिने भएको छ । यस अघि भदौ ८ गतेसम्मको अवधि तोकिएकोमा १५ दिन अविधि थप गरी भदौ २३ गतेसम्म कायम गरिएको थियो ।
बैंकले गत जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा विक्री हुन नसकेको संस्थापकतर्फको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको हो ।
यो शेयर खरिदका लागि साविकका संस्थापकहरुलाई पहिलो प्राथमिकता दिने बैंकको भनाई छ । यो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गरि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिनेछ । यो शेयर विक्री प्रबन्धकको जिम्वेवारी एनआईबिएल एस क्यापिटल रहको छ ।