जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सहारा विकास बैंकको लिलामी शेयरमा आवेदन दिने अवधि सकिदैं

सहारा विकास बैंकको लिलामी शेयरमा आवेदन दिने अवधि सकिदैं

साउन ३० गतेदेखि लिलामी विक्री खुला भएको  सहारा विकास बैंकको शेयरमा आवेदन दिने अवधि भदौ २३ गते सकिने भएको छ । यस अघि भदौ ८ गतेसम्मको अवधि तोकिएकोमा १५ दिन अविधि थप गरी भदौ २३ गतेसम्म कायम गरिएको थियो ।

बैंकले गत जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा विक्री हुन नसकेको संस्थापकतर्फको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको हो ।

यो शेयर खरिदका लागि साविकका संस्थापकहरुलाई पहिलो प्राथमिकता दिने बैंकको भनाई छ । यो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गरि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिनेछ । यो शेयर विक्री प्रबन्धकको जिम्वेवारी एनआईबिएल एस क्यापिटल रहको छ ।

10570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?