जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३

रेल आउँदा खुसीयाली

जनकपुरधाम-जयनगर रेल शुक्रबार जनकपुरधाम आइपुगेको छ। नेपालको एक मात्र जनकपुर-जयनगर रेल सेवा बन्द भएको झण्डै छ वर्षपछि विधिवत सञ्चालका लागि रेल जनकपुरधाम आइपुगेको हो।

रेल्वे विभाग नेपालले जनकपुर-जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी भारतको मद्रासबाट बनाएर हाजिपुर-जयनगर हुँदै जनकपुरधाम सम्म ल्याइएको हो। लामो समयको प्रतिक्षापछि बहुप्रतिक्षित कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल ल्याइएको साईट इन्जिनियर विनोद ओझाले जानकारी दिए।

नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएका दुवै रेल सेट जनकपुर आइपुगेका छन्।

कुर्था-जनकपुरधाम-जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीसँग सम्झौता गरेको थियो। एक पटकमा १३ सय यात्रु अटाउने क्षमता रहेको रेल हेर्न हजारौं सर्वसाधारणहरुको विभिन्न स्नेशनमा भीड लागेको थियो।  रेल आइपुग्दा खुशी भएका स्थानीय तस्बिर खिच्न तछाडमछाड गरिरहेका थिए।

भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलोमिटरमा गत वर्षको मंसिर महिना पहिलो सातामै लिक परीक्षण भएको थियो । नेपालकै झन्डा अंकित रेल आएपछि जनकपुरमा स्थानीयले खुशीयाली मनाएका छन् ।

9650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका