जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बासु रोटरी भोकेशनल सुशासन अवार्ड हाम्राकुरा डटकमका प्रधानसम्पादक शिवाकोटीलाई

बासु रोटरी भोकेशनल सुशासन अवार्ड हाम्राकुरा डटकमका प्रधानसम्पादक शिवाकोटीलाई

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ ।

सुशासनका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थालाई दिइने १० लाख राशिको अवार्ड यस बर्ष खोजी पत्रकारितामा संलग्न पत्रकारहरुलाई दिने निर्णय भए अनुसार शिवाकोटी सहित अर्का आर्थिक पत्रकारलाई प्रदान गरिने भएको रोटरीले जनाएको हो ।

स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुलाई प्रोत्साहन गर्दै यस बर्षको अवार्ड प्रदान गरिने रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरण लाल श्रेष्ठले जानकारी दिए ।

यसै बर्षदेखि प्रदान गर्न शुरु गरिएको बासु रोटरी भोकेशनल सुशासन अवार्ड प्रत्येक दुई दुई बर्षमा प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।
अवार्ड इञ्जीनियर रोटेरियन सुरेन्द्र गोविन्द जोशीले आफ्नो र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गरेका हुन् । ई. जोशी रोटरी क्लब अफ यल (पाटन ललितपुर) का संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुन् ।

8255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका