जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • पाँचतारे होटल एभरेष्ट पुनः सञ्चालन

पाँचतारे होटल एभरेष्ट पुनः सञ्चालन

काठमाडौंको नयाँ बानेश्वरमा रहेको पाँचतारे होटल एभरेष्ट पुन सञ्चालन भएको छ। भूकम्पपछि रातो स्टिकर लगाएपछि बन्द भएको होटल मुद्दा मामिला लगायत मजदुरहरुको आन्दोलनका कारण बन्द भएको थियो । ‍

होटलका व्यवस्थापक नारायण पौडेलका अनुसार होटल अहिले आंशिक रुपमा खुला भएको छ। १६० कोठा भएको होटलको पुनर्निर्माणको काम जारी छ। लवी र केही कोठाको काम सकिएपछि होटल सञ्चालनमा ल्याइएको पौडेलले जानकारी दिए।

भवनका कारण भन्दा श्रम बिवादका कारण होटल लामो समयदेखि बन्द थियो।

होटलमा कार्यरत मजदुरहरुले सेवा सुविधा निरन्तरताको माग गर्दै श्रम अदालत गएका थिए। उनीहरुले त्यहाँबाट जितेपछि व्यवस्थापनले अदालतमा मुद्दा दायर गरेको थियो।

गएको फागुनमा व्यवस्थापन र मजदुरबीच सहमति भएपछि व्यवस्थापनले मुद्दा फिर्ता लिएको थियो। सहमतिअनुसार व्यवस्थापनले होटल बन्द भएदेखिको तलब भत्ता उपलब्ध गराउने, तलबमा ५ प्रतिशत बृद्धि भएको छ।

होटल सञ्चालनमा ल्याउन भन्दै व्यवस्थापनले नयाँ कर्मचारी पनि भर्ना गरिसकेको छ।

7250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका