जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गभर्नर निलम्बन विरोधमा राष्ट्र बैंकमा प्रदर्शन, प्रधानमन्त्री निवासको छिमेकमै कालो ब्यानर

गभर्नर निलम्बन विरोधमा राष्ट्र बैंकमा प्रदर्शन, प्रधानमन्त्री निवासको छिमेकमै कालो ब्यानर

गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको विरोधमा राष्ट्र बैंकका कर्मचारी केन्द्रीय कार्यालय परिसरमै विरोधमा उत्रिएका छन्। अघिल्लो शुक्रबार सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न भन्दै निलम्बन गरेको थियो।

राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले आइतबार बालुवाटार कार्यालय परिसरमा कालो ब्यानर झण्डा देखाएर विरोध गरेको हो। राष्ट्र बैंकको कार्यालयसँगै प्रधानमन्त्रीको निजी निवास जोडिएको छ। राष्ट्र बैंक परिसरमा विरोधको कालो ब्यानर प्रधानमन्त्री निवासबाटै देखिन्थ्यो। कर्मचारीले कोणसभासमेत गरेका छन्।

उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुण्डाइएको कालो ब्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर,’ ‘निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारी माथि शुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर’ र ‘संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ भन्ने नाराहरु छन्।

कालो ब्यानर झुण्डाउनु अघि राष्ट्र बैंकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले ‘जब जब राज्य संचालकहरू वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गर्छन् तब तब नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको’ बताए।

गभर्नर माथिको आक्रमण नयाँ नभई योभन्दा अगाडि पनि राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्व माथि हुने गरेका आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि विरोधका कार्यक्रमहरुमा उत्रने गरेको बताए।

विरोध कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, वरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकरप्रसाद भट्टराई लगायतका संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, बालुवाटार र थापाथली समितिका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण साधारण सदस्यहरु, समर्थकहरु, शुभेच्छुकहरु तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो।

4325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका