जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनसेल करछलिको पक्षमा लागेपछि रामशरण महतलाई फेसबुकमा प्रश्न, ‘जस्तापाता चोरेर बेचेकोले पुगेन ?’

एनसेल करछलिको पक्षमा लागेपछि रामशरण महतलाई फेसबुकमा प्रश्न, ‘जस्तापाता चोरेर बेचेकोले पुगेन ?’

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महत फेरी चर्चामा आउन थालेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहेका महतले शुक्रबार कर छलि गरिरहेको एनसेलको पक्षमा धारणा राखेपछि उनको आलोचना हुन थालेको छ ।
सामाजिक सञ्जालमा उनले धारणापछि अधिकांश प्रतिक्रिया उनीमाथि गालिगलौजमा केन्द्रीत रहेको छ । ‘एनसेल नेपालको सबैभन्दा ठूलो करदाता हो । लाभकर तिर्नुपर्ने विक्रेताले नै हो । एनसेलको ठिडिएस अवधि बाँकी नै छ,’ उनले लेखेका थिए, ‘अहिले नै उसको आलोचना अनुचित ।’

महतले यस्तो धारणा राखेपछि उनको फेसबुक पेजमा दिप लिम्बुले प्रतिक्रिया लेखेका छन्, ‘जस्तापाता बेचेर पुगेन ? अब एनसेलमा वकालत गर्दै छौ । विश्वका उत्कृष्ट अर्थमन्त्री ?’
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले महतलाई अश्लिल गालि समेत गरेका छन् भने कतिपयले ‘पागलको संज्ञा दिएका छन् ।
अमर भूजेलले लेखेका छन्, ‘यस्तै डाकटरहरुको हात छ, यिनीहरुको हात नकाटेसम्म एनसेलमात्रै होईन कुनैपनि संघसस्थाबाट कर आउन मुश्किल छ ।’

4485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?