नेपाल फाईनान्सको २० देखि २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले आज शनिवार शेयरधनीहरुको भौतिक तथा अभौतिक (भच्र्युअल) उपस्थितिमा सभा सम्पन्न गरेको हो ।
साधारणसभाले संंस्थाको अधिकृत पूजी १ अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड २ लाख बनाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो । साधारण सभाले यसका लागि आजैका मिति देखि सो प्रकृयालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ ।
कम्पनीले चुक्ता पुँजी ८२ करोड पुर्याउन १ः१.७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव फेरी पारित गरेको छ।