जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण

आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण

आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

आइतबार गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको उपाध्यक्ष ढकालले जानकारी दिएका छन्। कोभिड पोजेटिभ देखिए पनि आफ्नो स्वास्थ्यमा कुनै पनि समस्या नभएको उनले बताए।

‘मैले आइतबार पिसीआर परीक्षण गर्न स्वाब दिएको थिएँ। सोमबार बिहानै पोजेटिभ रिर्पोट आयो,’ उनले भने, ‘हाम्रो सबै परिवारको परीक्षण गर्दा अरु सबैको नेगेटिभ रिर्पोट आएको छ।’

ढकालले जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर सतर्कता र सजगता अपनाउँदा समेत पोजेटिभ देखिएको बताउँदै आफ्नो सम्पर्कमा रहेका सबैलाई सुरक्षित र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन्। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेका छन्।

5915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका