जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कमा छलाङ्गः पहिलो नेपाल लाईफ इन्स्योरेन्स, दोस्रो नेशनल लाईफ इन्स्योरेन्स, तेस्रो हिमालयन र्लाइफ इन्स्योरेन्स कम्पनी !

जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कमा छलाङ्गः पहिलो नेपाल लाईफ इन्स्योरेन्स, दोस्रो नेशनल लाईफ इन्स्योरेन्स, तेस्रो हिमालयन र्लाइफ इन्स्योरेन्स कम्पनी !

नेपालमा सञ्चालमा रहेको १४ जीवन बीमा कम्पनीहरुले साउन महिनामा २ अर्ब भन्दा बढि प्रथम बीमा शुल्क आर्जन गरेको भेटिएको छ । प्रथम बीमा शुल्क आर्जनमा पनि नेपालको नम्बर १ बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स सबै भन्दा अगाडी छ उसले ५६ करोड भन्दा बढि आर्जन गरेको छ भने नेपालकै पुरानो र उच्च कर्पोरेट सुशासन भएको नेशनल लाईफ इन्स्योरेन्स, दोस्रोमा देखिएको छ । उसले २४ करोड भन्दा बढि आर्जन गरेको छ भने तीनवटा गुरास, प्राइम र यूनियन लाईफ मर्जर गरेर नेपालकै दोस्रो ठूलो पुँजी भएको हिमालयन लाईफ इन्स्योरेन्स तेस्रो भएको छ । उसले २० करोड भन्दा बढि प्रथम बीमा शुल्क भित्र्याएको छ भन्दा फरक पर्दैन । आर्थिक वर्ष २०८० ÷८१ को साउन महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्बमाथि प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले २ अर्ब २९ करोड ६७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । भन्दा फरक पर्दैन ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले समिक्षा अवधिमा ५६ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा २४ करोड ३६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा २० करोड ६० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको देखिन्छ । सूर्यज्योति लाइफले १९ करोड ६१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले १६ करोड ८१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १४ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

प्रथम बीमा शुल्क आर्जनमा पनि नेपालको नम्बर १ बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स सबै भन्दा अगाडी छ उसले ५६ करोड भन्दा बढि आर्जन गरेको छ भने नेपालकै पुरानो र उच्च कर्पोरेट सुशासन भएको नेशनल लाईफ इन्स्योरेन्स, दोस्रोमा देखिएको छ । उसले २४ करोड भन्दा बढि आर्जन गरेको छ भने तीनवटा गुरास, प्राइम र यूनियन लाईफ मर्जर गरेर नेपालकै दोस्रो ठूलो पुँजी भएको हिमालयन लाईफ इन्स्योरेन्स तेस्रो भएको छ । उसले २० करोड भन्दा बढि प्रथम बीमा शुल्क भित्र्याएको छ भन्दा फरक पर्दैन ।

आइएमई लाइफले १४ करोड ७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।त्यसैगरी यस अवधिमा सानिमा रिलायन्स लाइफले ११ करोड ३३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले १० करोड ९६लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले १० करोड ३५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले १० करोड प्रथम बीमा शुल्क आर्जन गरेको भेटिएको छ । त्यस्तै, मेट लाइफले ९ करोड १४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ६ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ४ करोड ३७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको देखिन्छ । सचेत भया ।

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका