जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सानिमा जनरल इन्स्योरेन्सको आइपिओ आजदेखि खुला

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ आजदेखि खुला

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर आजबाट निष्कासन सुरु गरेको छ।

कम्पनीको सेयर असोज २५ गतेसम्म बिक्रीका लागि खुला रहने छ। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले सेयर निष्कासन गर्न लागेको हो। सेयर जारीपछि पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीको सेयरमा १० कित्ताबाटै आवेदन दिन सकिन्छ। अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।

कम्पनीले ३० लाख कित्तामध्ये एक लाख २० हजार कित्ता कर्मचारी र अर्को एक लाख ५० हजार सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ। बाँकी २७ लाख ३० हजार कित्ताका लागि मात्र सर्वसाधारणले आवेदन दिन पाउँछन्।

कम्पनीको संस्थापक सेयरधनीमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने छन्। उनको समूहको बहुसंख्यक सेयर छ। यसपछि दुगड समूहको सेयर छ। मोतिलाल दुगड, मालचन्द दुगड र विवेक दुगडको सेयर छ।

बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र जुगल भुर्तेललगायतको पनि लगानी छ।

8730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?