जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • “ESCORTS दशैं तिहार उपहार भरमार अफर”

“ESCORTS दशैं तिहार उपहार भरमार अफर”

नेपालका लागी ESCORTS Construction Equipment को आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा. लि. ले ESCORTS मेसिन खरिदका लागि दशै तिहारमा विशेष अफर ल्याएको छ । सो अफर अन्र्तगत कुनै पनि ESCORTS मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको Home Appliance प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउनेछन् ।

आइएमई अटोमोटिभ्स् ले यो अफर दशैं तिहार र छठ पर्व लाई लक्ष्ति गरि बजारमा ल्याएको कम्पनीले जनाएको छ । विशेष प्याकेजका साथै कम्पनीले फाईनान्सको सुविधाको पनि ब्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितीमा फाईनान्सको सुविधाले ग्राहक महानुभावहरु लाई अझ सहज हुने कम्पनीले जनाएको छ ।

ESCORTS Brand को पिक एण्ड क्यारी क्रेन नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने मेसिन हो साथै ब्याको लोडर, रोलर र कम्प्याकटर लगायतका मेसिनहरुको उत्पादन पनि बजारमा छन् । कम इन्धन खपत, मर्मत खर्च कम र उत्कृष्ट कार्यक्षमताले यो मेसिनहरु नेपालमा धेरै बिक्रि हुने गरेका छन् ।

ESCORTS ले बिक्रि लाई मात्र नभइ बिक्रि पछिको सेवालाई जोड दिँदै नेपालको बजारमा राम्रो स्थान बनाउन सफल भएको हो ।

14210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?