जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सुपर बाइकको शान बढाउँदै होण्डा सिबिआर ६०० आर आर

सुपर बाइकको शान बढाउँदै होण्डा सिबिआर ६०० आर आर

नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिबिआर ६ सय आर आर लाई नेपाली बजारमा भित्राएको छ । स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स् र फिचरहरुले सबैलाई आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

यस बाइकमा ४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सिबिआर ६ सय आर आर मा ५९९ सिसिको इञ्जिन क्षमता रहेको छ ।६६ एनएम टर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने छ ।

६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रति घण्टा रहेको छ । सुपर बाइकहरुको भिड एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य रु. ३४,५०,००० निधारण गरिएको छ ।

12540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका