जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा दाहाल चयन

नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा दाहाल चयन

नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा रामहरी दाहाल चयन भएका छन् । मेरोमाइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाल निर्विरोध निर्वाचित भएको संघका अध्यक्ष बसन्त लम्सालले वेबिनार मार्फत जानकारी दिए ।

संघको १४ औं साधारण सभामा उपाध्यक्ष पद रिक्त रहेकोले आगामी कार्यकालका लागि उपाध्यक्षमा मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत दाहालका साथमा कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका भोज राज बस्याल, सदस्यहरुमा उन्नती सहकार्य लघुवित्त प्रेम पाठक, समता लघुवित्तका मदन घिमिरे, गणपती लघुवित्तका अच्युत सापकोटालाई चयन गरिएको संघले जनाएको छ ।

7325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका