जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • प्रथम त्रैमासमा प्राइम बैंकको वित्तीय प्रगति सन्तोषजनक, नाफा रु. १ अर्ब, ईपीएस रु. २९.११

प्रथम त्रैमासमा प्राइम बैंकको वित्तीय प्रगति सन्तोषजनक, नाफा रु. १ अर्ब, ईपीएस रु. २९.११

कोरोना महामारीबीच पनि प्राइम कमर्सियल बैंक लिमिटेडको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वित्तीय अवस्था सन्तोषजनक देखिएको छ।

बैंकको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले खुद नाफा १ अर्ब १ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५४.२४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकले ६५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकले ३३ करोड ८४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि ५३.२७ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ९४ करोड ४४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ४४ करोड रुपैयाँको उचाइमा पुगेको छ।

प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानीबापत १ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा १ अर्ब ६ करोड रुपैयाँमा सीमित थियो।

बैंकले समीक्षा अवधिमा १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकले रिजर्भको आकार पनि १३.९९ प्रतिशतले बढाएर ५ अर्ब ४६ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार ४ अर्ब ७९ करोड रुपैयाँको थियो।

बैंकको खराब कर्जाको दर (एनपीएल) बढेर १.३७ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा बैंकको खराब कर्जाको दर १.१४ प्रतिशत रहेको थियो।

बैंकको आधार दर घटेर ८.१२ प्रतिशतमा झरेको छ। जब कि गत वर्ष बैंकको आधार दर ९.६७ प्रतिशत रहेको थियो।

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २९.११ रुपैयाँ पुगेको बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ९.८६ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ १५४.२६ रहेको छ।

6690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?