जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • राष्ट्र बैंकमा बैंकहरुकाे नौ सय अर्ब

राष्ट्र बैंकमा बैंकहरुकाे नौ सय अर्ब

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले अहिले बैंकहरूमा अत्याधिक तरलता भएको बताउँदै त्यसलाई सही ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार बैंकहरुमा हाल नौ सय अर्ब रूपैयाँ रहेको छ । उनले यसलाई कुन क्षेत्रमा परिचालन गर्ने भन्नेबारे सरकारले सोच्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकको एक कार्यक्रममा गभर्नर पौडेलले बैंकहरूले राष्ट्र बैंकमा नौ सय अर्ब पैसा पार्क गरिरहेको उल्लेख गरे । उनले भने ‘हामीले निश्चित प्रतिशत ब्याजदर दिएर त्यसको व्यवस्थापन गरिरहेका छौं, सरकारले कुन क्षेत्रमा यो पुँजी परिचालन गर्ने हो, वातावरण बनाउनु पर्छ।’ उनले अब आउने सरकारले यस विषयमा केही न कही सोच बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गरे। गउनले कृषि ऋण पर्याप्त मात्रामा नगएको उल्लेख गर्दै तोकिएको क्षेत्रमा पनि कर्जा नगएको बताए । उनले बैंकले दिने कर्जा गरिबी निवारणमा ठूलो सहयोगी हुने भएपनि बैंकहरूले सम्भाब्यता भएकै क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।


एक अर्को प्रशंगमा भर्नर पौडेलले इरान र इजराइलबीचको द्वन्द्वले नेपालमा तत्काल असर नदेखिए पनि यो द्वन्द्व लामो समयसम्म जाँदा पछि समस्या आउन सक्ने उल्लेख गरे । यस्तो द्वन्द्व लामो समयसम्म गएमा वैदेशिक रोजगारीमा समस्या आउने तथा विेदेशी मुद्राको सञ्चितिमा ह्रास आउन सक्ने र आपूर्ति श्रृंखलामा अवरूद्ध हुनसक्ने बताए ।

280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्