जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • महालक्ष्मी बैंकका ऋणीहरुलाई व्याजदरमा सहुलियत

महालक्ष्मी बैंकका ऋणीहरुलाई व्याजदरमा सहुलियत

महालक्ष्मी विकास बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले कर्जाके ब्याजदर घटाई सहुलियत प्रदान गरेका छ । नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर कर्जा कार्यविधि अन्र्तगत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको ब्याज दर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको छ ।

यसरी पुनर कर्जा सुबिधाका लागी कोभिड १९ को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका बिपन्न बर्र्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।
9230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका