जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु लाईफकाे आईपीओमा १० लाख ७४ हजारले दिए आवेदन

प्रभु लाईफकाे आईपीओमा १० लाख ७४ हजारले दिए आवेदन

प्रभु लाइफ इन्स्योरेन्सको (आइपीओ) साधारण सेयरमा १० लाख ७४ हजार ५४५ जना आवेदकले आवेदन दिएका छन् ।

२ करोड ९१ लाख ३ हजार ३ सय कित्ताको लागि २ अर्ब ९१ करोड ३ लाख ३० हजार रुपैयाँको आवेदन परेको छ । इन्स्योरेन्सले सर्वसाधार लगानीकर्ताको लागि ५४ करोड रुपैयाँको ५४ लाख कित्ता सेयर निष्कासन गरेकोमा माग भन्दा ५.३८ गुणा बढी आवेदन छ । आईपीओमा झण्डै आधा संख्याका आवेदकको हात खाली हुने देखिएको छ ।

धितोपत्र बोर्डको १० कित्तै नीतिका कारण आवेदन दिएका सबैलाई १० कित्ता न्यूनतम दिनु पर्ने छ । इन्स्योरेन्सको साधारण सेयरमा १० लाख ७४ हजार ५४५ जना आवेदन दिएका छन् ।

5495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका