जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आरटीजीएस प्रणालीमा ८ विकास बैंक थपिए, एउटा बैंकबाट अर्कोमा भुक्तानी कारोबार सहज

आरटीजीएस प्रणालीमा ८ विकास बैंक थपिए, एउटा बैंकबाट अर्कोमा भुक्तानी कारोबार सहज

नेपाल राष्ट्र बैंकको वास्तविक समयको भुक्तानी प्रणाली (आरटीजीएस) मा आठ विकास बैंक तथा दुई वित्त कम्पनी थपिएका छन्।

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार आरटीजीएसमा ‘ख’ र ‘ग’ वर्गका १० संस्थाहरु आबद्ध भएका हुन्।

यसअनुसार ज्योति विकास, महालक्ष्मी विकास, मुक्तिनाथ विकास, कामना सेवा र गरिमा विकास बैंक छन्। यसैगरी सांग्रिला डेभलपमेन्ट, साइन रेशुंगा डेभलपमेन्ट र लुम्बिनी विकास बैंक पनि यसमा आबद्ध भएका छन्।

आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स पनि यस प्रणालीमा आबद्ध भएको राष्ट्र बैंकले जनाएको छ।

यसअघि २७ वटा वाणिज्य बैंक यस प्रणालीमा आबद्ध थिए।

आरटीजीएस प्रणालीमार्फत ठूलो मुल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरू सदस्य बैंक र वित्तीय संस्थाहरू बीच गरिन्छ।

आरटीजीएस प्रणाली सामान्यतया तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छ्यौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानीको मेरुदण्ड हो।

10000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका