जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ललितपुरको खुद्रा पसलमा पनि क्युआरबाट भुक्तानी शुरु

ललितपुरको खुद्रा पसलमा पनि क्युआरबाट भुक्तानी शुरु

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ललितपुरको नख्खु क्षेत्रका खुद्रा पसलहरुमा क्युआर कोडमार्फत भुक्तानी प्रवर्द्धनमा सरिक भएका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्‍साहित गर्ने उद्देश्यले नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत भुक्तानी प्रवर्द्धन कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको गभर्नर अधिकारीले उद्घाटन गरेका थिए ।

यसअघि काठमाडौंको नारायणचौरस्थित तरकारी बजारमा पनि क्युआर कोडमार्फत नगदरहित भुक्तानीको सुरुआत गभर्नर अधिकारीको उपस्थितीमा भएको थियो।

नगदरहित कारोबार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले ग्लोबल आईएमई बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । साथै, बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात पनि गरेको बताएको छ ।

7165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका