जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका महोत्तरीको गौशलामा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी हवल्दार सरबनकुमार बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अनुसन्धानको क्रममा बस्नेतले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएको दाबी गर्दै अख्तियारले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

रिसालका अनुसार घरायसी प्रयोगका  लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत १५ रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

5930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्