जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएमबि बैंकले डिजिटल कारोबार बढाउँदै, दमकको नमुना कृषि बजारमा क्युआरबाट भुक्तानी थाल्यो

एनएमबि बैंकले डिजिटल कारोबार बढाउँदै, दमकको नमुना कृषि बजारमा क्युआरबाट भुक्तानी थाल्यो

एनएमबि बैंकले नमुना कृषि बजार, दमकमा क्युआर कोडमार्फत  नगदरहित भुक्तानी सुरु गरेको छ।

बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर क्युआर कोडबाट भुक्तानी सुरु गरे।

बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको जनाएको छ।

उक्त परियोजनाको अभिन्न अंगका रूपमा नगदरहित कारोबार प्रवर्द्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले  क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने प्रयास गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा दमक-६ का वडाध्यक्ष टेकबहादुर थापा, उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ,  वरिष्ठ उपाध्यक्ष गोपाल गुरागांई, तरकारी तथा फलफूल व्यवसायी संघ, नमुना कृषि बजारका अध्यक्ष कुमार श्रेष्ठ लगायतका उपस्थिति थियो।

6660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका