जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्राइम कमर्शियल बैंकको नाफा १ अर्ब ३० करोड

प्राइम कमर्शियल बैंकको नाफा १ अर्ब ३० करोड

प्राइम कमर्सियल बैंक लिमिटेडले यस वर्षको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ३० करोड ७ लाख ८७ हजार खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष बैंकले २२ दशमलव ६१ प्रतिशत बढी नाफा गरेको हो । गत वर्ष दोस्रो त्रैमाससम्म बैंकले रू. १ अर्ब ६ करोड ८ लाख ९६ हजार खुद नाफा गरेको थियो ।

यस वर्ष सञ्चालन नाफा २२ दशमलव ४० प्रतिशत बढी भएको छ । गत वर्ष रू. १ अर्ब ५१ करोड ४४ लाख ६८ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब ८५ करोड ३७ लाख ५६ हजार गरेको छ । यस अवधिसम्म बैंकले वितरणयोग्य नाफा रू. ८६ करोड ५९ लाख ५८ हजार कायम गरेको छ । पुस २५ गते १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको बैंकले उक्त बोनस भने यो त्रैमासमा जोडेको छैन् । बैंकले रू. ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार चुक्तापूँजीको आधारमा १६ प्रतिशत बोनस शेयर दिएको हो । बोनस पश्चात चुक्तपूूँजी रू. ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार पुगेको छ ।

जगेडा कोष रकम दोस्रो त्रैमाससम्म रू. ३ अर्ब १९ करोड ६७ लाख ३१ हजार छ । यो रकम गत वर्ष रू. २ अर्ब ५० करोड ९७ लाख १६ हजार थियो । २७ दशमलव ३७ प्रतिशत बढी जगेडा कोषमा रकम थपिएको हो । यस वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी रू. ८० अर्ब ३५ करोड ३५ लाख ३४ हजार निक्षेप संकलन गरेको बैंकले साढे ११ प्रतिशत बढी रू. ८० अर्ब ९१ करोड ५४ लाख ४२ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष यसै अवधिमा १ दशमलव ५८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष भने १ दशमलव ४५ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर भने गत वर्षभन्दा यस वर्ष कम रहेको छ । गत वर्ष १० दशमलव १७ प्रतिशत रहेको आधार ब्याजदर यस वर्ष ९ दशमलव ४५ रहेको छ ।

प्रतिशेयर आम्दानी रू. २६ दशमलव ८६ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १५८ दशमलव ४१ छ । दोस्रो त्रैमाससम्म बैंकले २० दशमलव ८३ प्रतिशत तरलता व्यवस्थापन गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकले माघ १९ गते (आइतबार) दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

9785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका