जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कुमारी इक्वीटी फण्डमा माग भन्दा ३५ प्रतिशत बढी आवेदन

कुमारी इक्वीटी फण्डमा माग भन्दा ३५ प्रतिशत बढी आवेदन

कुमारी ईक्वीटी फण्डमा माग गरे भन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन परेको छ । कम्पनीले फण्डमा आवेदकहरुबाट माग गरे भन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन दिई विश्वसनीयता प्रति सबै लगानीकर्ताहरुमा हार्दिक कृतज्ञता जनाएको हो ।

फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ अंकित दरको ८ करोड इकाईहरु फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरि फागुन २५ गने निष्काशन तथा बिक्री बन्द गरिएको थियो ।

कम्पनीले कोष प्रबद्र्धक एवं योजना व्यवस्थापकले आगामी दिनहरुमा समेत निरन्तर सहयोग र सद्भावको अपेक्षा राखेको जनाएको छ । साथै, आम लगानीकर्ताहरुले देखाएको विश्वसनियतालाई आगामी दिनहरुमा कायम राख्दै अगाडी बढ्ने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।

9140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका