नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो बजारको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आवश्यक कागजपत्र नबुझाएको र तथ्यांक अध्यावधिक नगरेको भन्दै दोस्रो बजारको कारोबार रोक्का गरेको थियो ।
नेप्सेले गत माघ १८ गते दोस्रो बजारको कारोबार रोक्का गरेको थियो ।
तर हाल कम्पनीले २०७५/७६ को अपरिष्कृत वित्तीय विवरण र अन्य अपरिष्कृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको वेवसाइटमा लगानीकर्ता र सरोकारवाला निकायले अध्ययन गर्न सक्ने गरी पठाउने प्रतिबद्धता गरेकाले कारोबार फुकुवा गरिएको नेप्सेले बताएको छ ।