जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रभु बैंकद्वारा नक्कली भौचरको आधारमा जानकी मेडिकल कलेजलाई करोडौं कर्जा प्रवाह, कर्मचरीद्वय अधिकारी र कोइरलालाई निलम्बन गरी घटना लुकाएको खुलासाः राष्ट्र बैंक बेखबर ?

प्रभु बैंकद्वारा नक्कली भौचरको आधारमा जानकी मेडिकल कलेजलाई करोडौं कर्जा प्रवाह, कर्मचरीद्वय अधिकारी र कोइरलालाई निलम्बन गरी घटना लुकाएको खुलासाः राष्ट्र बैंक बेखबर ?

प्रभु बैंक नामै काफी । यो शब्द डिपुटी गर्भन्र शिवराज श्रेष्ठले एक कार्यक्रममा बोलेको शब्द हो । नियमन निकायको उच्च कर्मचारीले यसरी एउटा बैंकको नामै काफी भनिरहदा त्यस बैंकको कर्पोरेट सुशासन कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

घटना केही पूरानो पक्कै हो । तर, समाचार छानबीन नहुँदासम्म कहिले पुरानो हुँदैन । प्रभू बैंकका सीइओ अशोक शेरचन र डिपुटी सीइओ मणीराम पोखरेलको निर्देशनमा पोखरका शिब प्रसाद बास्तोलाको जग्गा हत्याएर १० करोड भन्दा बढि कर्जा प्रवाह भएको भेटिएको छ । एक मिडियाका मालिक जो सीइओ शेरचनका राम्रो साथी हुन् । उनीसंगको मिलोमतोमा एउटा नक्कली भौचर मार्फत हत्याएको जग्गा राखी करोडौंको कर्जा प्रवाह किन भयो कथा मिठो छ । सत्य पनि छ । तर, छानवीन रोकियो । कारण हो राष्ट्र बैंकका डिपुटी गर्भनर शिवराज श्रेष्ठको चर्को अडान ।

प्रभु बैंकका सीइओ अशोक शेरचनले खातामा रकम नै दाखिला नभई किर्ते भौचर देखाएर हत्याएको बास्तोलाको उत्त जग्गा धितो राखी १० करोड २० लाख कर्जा दिएको भेटिएको छ । राष्ट्र बैंकले छानवीन गर्न रोकेपछि अहिले सो कर्जाको मुद्दा कास्की जिल्ला अदालतमा चलिरहेको भेटिएको छ ।

प्रभू बैंकका डिपुटी सीइओ मणीराम पोखरेलको चिनजानको मान्छेले उक्त जग्गा हडपेको र नक्कली भौचर ल्याएपछि निवेदन दिएको १ हप्ता भित्रै १० करोड २० लाख कर्जा प्रवाह भएको पीडित पक्षको दाबी छ । प्रभु बैंकले पछिल्लो समय ठूला ठेकेदार कम्पनी र राम्रा धितोमा कमिशनकै भरमा जथाभावी कर्जा दिँदै आएको देखिन्छ ।

प्रभू बैंक, किष्ट बैंक, ग्राण्ड बैंक र आँधा दर्जन विकास बैंक मर्जर भएर बनेको बैंक हो । बैंकका सीइओ शेरचनले आफू निकट र एस पात्रलाई एउटा होइन ४÷५ वटा विभागको जिम्मा दिएपछि बैंक भित्र आफ्नो हकहितको लागि आवाज उठाउन कर्मचारी टे«ड यूनियन बनेको छ । यहि घटना बाहिर गएको भन्दै तत्कालीन अवस्थामा प्रभू बैंकका सीइओ अशोक शेरचनले यूनियन अध्यक्ष नारायण प्रसाद लामिछाने र कोषाध्यक्ष प्रतिक्षा कोइरालालाई निलम्बन गरि घटना लुकाएको फेला परेको छ । यति मात्रै होइन सीइओ शेरचन माथी महिला कर्मचारीहरुलाई दुव्यवहार गरेको समेत बेला बखत आरोप लाग्ने गरेको छ ।

यति सम्मकी एमाले बैंकर शेरचनले तल्ला तहका कर्मचारी यूनियनमा समेत आफ्ना आसेपासे राखी यूनियन भित्रै खेल्दै आएको र आवाज उठाउनेलाई तत्काल तानासाही तरिकाले निलम्बर गर्ने गरेको यूनियनका एक सदस्यले पंक्तिकारसंग बताए ।

सीइओ शेरचनले नेपाल राष्ट्र बैैंकका विवादास्पद डिपुटी गर्भनर शिवराज श्रेष्ठलाई हातमा लिएर आफ्नै बैंकका कर्मचारीहरुलाई सूचना चुहावट गरेको भन्दै ज्यादती मच्चाउदै आएको खुलेको छ । यतिसम्मकी तत्कालीन किष्ट र ग्राण्ड बैंकका कर्मचारीहरुलाई मेची महाकाली सरुवा गर्ने र बैंक भित्र तत्कालीन प्रभु विकास बैंकका अदक्ष कर्मचारीलाई ३÷४ वटा विभाग जिम्मा दिने गरेको एक कर्मचारीले पंक्तिकारसंग बताईन ।
यस बारेमा बैंक भित्र फेरि चर्को विवाद सुरु हुन थालेको छ । सीइओ शेरचनको गुटबन्दीले अधिकाशं कर्मचारी रुष्ट मात्रै छैनन् । समाचार लेखिदिन अनलाईनहरुको अफिसमै पुगेका छन् । यसैको उपज यो समाचार बनेको हो भन्दा फरक पर्दैन ।

१० करोड २० लाख जानकी मेडिकल कलेजको नाममा एउटा नक्कली भौचरको भरमा दिएको कर्जामा प्रभु बैंकले कहिले कलेज त कहिले व्यक्तिको नाममा ल्याई कर्जा थप दिँदै आएको देखिन्छ । जवकी उक्त घटनाको विरुद्ध अहिले अदालतमा मुद्दा नै चलिरहेको छ ।
प्रभू बैंकबाट विगतमा भएका यस्ता नक्कली भौचरका आधारमा नेपाली जनताको रगत र पसिनाबाट जम्मा भएको डिपोजिटबाट दिएको १० करोड २० लाख कर्जाको उजुरी राष्ट्र बैंकमा परेपनि कारवाही कहिले भएन । कारण हो डिपुटी गर्भनर श्रेष्ठ । यसबारे थप खोजी हामीले सुरु गरेका छौं ।

प्रभु बैंक भित्रका यी चर्चित काण्ड ?

काण्ड नम्बर १
प्रभु बैंकले जानकी मेडिकल कलेजको नाममा गैरकानुनी रुपमा करोडौं ऋण प्रवाह गरेको छ । गैरकानुनी रुपमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मेडिकल कलेजलाई ऋण दिँदै कलेजको केही प्रतिशत शेयर पनि आफन्तको नाममा पार्न सफल भएका देखिन्छ । त्यति मात्र होइन जानकी मेडिकल कलेजको सम्पूर्ण प्रशासन उनकै निर्देशनमा चल्ने गरेको भुक्त भोगीहरुको बुझाई छ ।

प्रभु बैंकले प्रत्येक वर्ष जानकी मेडिकल कजेजको भ्यालुएसन बढाउँदै कहिले कलेजलाई बैंकको नाममा, त कहिले व्यक्तिको नाममा ल्याई सञ्चालन गरेर चरम आर्थिक अनियमितता गरिरहेको भेटिएको छ । बढी ऋण लिनकै लागि प्रभु बैंककै सिइओ शेरचनकै इशारामा कलेजले काम गर्दै आइरहेको छ

काण्ड नम्बर २
प्रभु बैैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लाग्ने गरेको छ । उनले पहिलाको किस्ट बैंक र ग्राण्ड बैंकका कर्मचारीहरुमाथि भेदभाव गर्ने गरेका भेटिएको छ ।

राष्ट्र बैंकका डिपुटी गर्भनर श्रेष्ठको साथ पाएपछि सिइओ शेरचनले आफ्नो बैंकका कर्मचारीहरुमाथि ज्यादती गरिरहेका देखिन्छ । तत्कालिन किष्ट बैंक र ग्राण्ड बैंकका कर्मचारीहरुलाई उनले लामो समयदेखि राजधानी बाहिर पठाउँदै आएका छन् । त्यस बारेमा बैंकभित्र विरोध हुँदै आएको छ । सिइओ शेरचनको गुटबन्दीका कारण बैंकका अधिकांश कर्मचारीहरु उनीसँग रुष्ट भएका छन् । आन्दोलन नै चर्काउने पक्षमा देखिन्छ ।

बैंकका गैरकानुनी काम र सिइओ शेरचनको मनपरीको विषयमा आवाज उठाउने प्रभु बैंक ट्रेड यूनियनका अध्यक्ष नारायणप्रसाद अधिकारी र कोषाध्यक्ष प्रतिक्षा कोइरालालाई सिइओ शेरचनले निलम्बन गरेपछि यो विषयले झन् चर्चा पाएको थियो । र अहिले फेरि चर्किएको छ ।

सरुवा र बढुवामा पनि मनपरी गर्न थालेपछि अधिकारी र कोइरालाले त्यसको विरुद्ध आवाज उठाएका थिए । त्यहि विषयलाई आधार बनाएर सीइओ शेरचनले उनीहरुलाई जागिरबाट हटाइदिने भन्दै धम्क्याएर निलम्बन गरेको बुझिएको देखिन्छ ।

त्यसो त शेरचनमाथि महिला कर्मचारीलाई दुव्र्यवहार गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । शेरचनले ११ जनाको यूनियनको कमिटीमा बहुमतमा आफू निकटकालाई राखेर यूनियनभित्र पनि खेल्दै आएको पीडित एक कर्मचारीले पंक्तिकारसंग बताए । कर्मचारीमाथि भेदभाव गरेकै कारण बैंकका गोप्य दस्तावेजहरु बाहिरिने गरेका देखिन्छ ।

काण्ड नम्बर ३
एक मिडिया मालिकसँगको मिलेमतोमा नक्कली भौचरमार्फत अर्काको जग्गा हत्याएर करोडौं ऋण काण्डमा फसेको छ प्रभु बैंक । अर्काको जग्गा राखेर करोडौं रकम ऋण दिएको प्रकरणमा प्रभु बैंकमाथि राष्ट्र बैंकले छानविन गरिरहेको थियो । तर, अहिले रोकिएको छ । नयाँ गर्भनरले के गर्लान् हेर्न बाँकी छ ।

पोखरामा प्रभु बैंककै उच्च अधिकारीको मिलेमतोमा शिवप्रसाद बास्तोलाको जग्गा हत्याएर करोडौं ऋण प्रवाह गरेको प्रकरणमा प्रभु बैंकमाथि राष्ट्र बैंकले अनुसन्धान किन नगर्ने ? खातामा रकम नै दाखिला नगरी किर्ते भौचर देखाएर हत्याइएको उक्त जग्गा धितो राखी प्रभु बैंकले १० करोड २० लाख ऋण दिएको मुद्दा अहिले कास्की जिल्ला अदालतमा विचाराधीन छ गर्भनर साब ।

काण्ड नम्बर ४
नातागोता र कमिसनको चक्करमा प्रभु बैंकका माथिल्लो तहका कर्मचारीहरुले ऋण प्रवाह गर्दा बैंक समस्या पैदा गरेको देखिन्छ । बैंक व्यवस्थापन स्रोतका अनुसार अनियमित रुपमा ऋण प्रवाह गर्दा प्रभु बैंक पछिल्लो समय समस्याग्रस्त बन्दै जाने हो कि भनी लगानीकर्ता तर्सित बनेका छन् ।

नातागोता र कमिसनको चक्करमा परेर कर्जा लगानी गर्दा बैंक जोखिममा परेको बैंककै एक कर्मचारीले बताए । बैंकभित्र यतिसम्मको गुटबन्दी बढेको छ कि प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आफ निकटका व्यक्तिहरुलाई मात्र आकर्षक ऋण दिने गरेको र त्यसको चाजो पाजो डिपुटी सीइओ पोखरेलले गर्ने गरेको भेटिएको छ ।

जुन ठाउँबाट विश्वासिलो र भरपर्दो ऋणको प्रस्ताव आउँछ त्यहि ठाउँमा कमिसनको माग गर्ने र कमिसन पाएको खण्डमा ऋण दिने गरेको स्रोतको दाबी छ ।

काण्ड नम्बर ५
प्रभु बैंकका एटिएमहरु लकडाउनको महामारी बीच पनि प्रायजसो बिग्रेका देखिन्छन् । लो टेन्डर र धेरै कमिसनको भरमा एटिएम मेसिन खरिद गरिएकाले प्रभु बैंकका एटिएम प्रायजसो बिग्रिने गरेको देखिन्छ । केही समय अघि धेरै एटिएमहरु बिग्रेर प्रभु बैंकका ग्राहकहरुले सास्ती पाएका थिए । अहिलेपनि प्रायः एटिएमहरु बिग्रेकै देखिन्छन् गर्भनर साब ?

18885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका