प्रभु सेलेक्ट फण्डको इकाई निष्काशन तथा बिक्री खुला भएको दुृई दिनमै मागभन्दा बढी आवेदन परेको छ । प्रभु क्यापिटलका अनुसार जेठ ६ गते साँझसम्ममा कूल १ अर्ब ४ करोड रुपैयाँ बराबरको १० करोड ४८ लाख इकाई खरिदका लागि आवेदन परेको हो । जुन संस्थाले निष्काशन गरेको भन्दा १०४.८८ प्रतिशतभन्दा बढी आवेदन हो ।
प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्री गरिरहेको छ । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।